पोर्नहबमाथि यसअघि नाबालिग र यौन तस्करीको शिकार भएका माहिलाको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्ने गरेको थियो । यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको दावी गरिएको थियो । त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए ।
पोर्नहबमा अब भेरिफिकेसनबिना भिडियो अपलोड गर्न पाइने छैन । कम्पनीले एक बयानमा साइटका सबै कन्टेन्टको लागि भेरिफिकेसनको शर्त लागू भएको बताएको छ । रिपोर्टअनुसार पोर्नहबको यो निर्णयले लाखौं यौनकर्मी र मोडलको दैनिक गुजारामा समस्या हुन सक्छ किनकि अहिलेसम्म जुनसुकै युजरले भिडियो अपलोड गर्न पाउने गरेकोमा अब धेरैले अपलोड गर्न पाउने छैनन् । सो वेवसाइटले सयौंको संख्यामा नेपाली सेक्स सम्बन्धी भिडियो अपलोड गर्दै आएको छ ।